दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ३१, सोमबार ०९:५८
file photo

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेको प्रहरीले जनाएको छ ।

मृतक परियार ट्याक्टरका चालक हुन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट–तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।