पिपरा गोल्डकपको फाईनलमा बारा र मकवानपुर भिड्ने
-अनिल प्रित
कोल्हवी, १९ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको फाईनलमा मकवानपुर र बारा भिड्ने भएको छ । बिहीबार भएको दोश्रो सेमिफाईनल खेलमा बारा ११ र र बि.एफ.सी भरतपुर चितवनबिच भएको खेलमा बारा ११ ले ५–१ गोल अन्तरले विजयी भएपछि मकवानपुरसँग भिड्ने टिमको टुङ्गो लागेको हो । मकवानपुर ११ यसअघि नै फाईनलमा प्रवेश गरिसकेको छ ।
बिहीबार भएको खेलको सुरुवाती चरणमा भरतपुरले राम्रो खेल प्रदर्शन गरेका थिए । तर गोल गर्न चुकेका थिए । त्यसपछि बारा ११ का तर्फबाट खेलको ३८ मिनेट जाँदा जर्सि नं. ११ का विशाल खडकाले दिएको पास लाई जर्सि नं. ७ का सागर चौधरीले गोल गरी खाता खोले र खेल पहिलो हाप हुनुभन्दा केहि मिनेट अगाडी बारा कै जर्सि नं. ५ अजय सिहं ले पोष्ट नजिकै जर्सि नं ८ का लक्षमण चौधरीलाई पास दिए त्यसपछि बललाई नियन्त्रणमा लिई सागरलाई दिए । सागरले फेरी आफनो खातामा अर्को गोल थपे र खेल २–० को अन्तरमा पुग्यो ।
दोश्रो हापको सुरुवातमा भरतपुरले बारा ११ लाई दबावमा राख्यो । खेलको ५ मिनेट जादा भरतपुरका खेलाडी जर्सि नं. ११ का शेखर उप्रेतीले १ गोल गरी २–१ को अन्तरमा खेललाई पुराए । त्यसपछि बारा ११ का विशाल खडकाले खेलको २५ मिनेटमा, ३५ मिनेटमा र खेल सकिन २ मिनेट अगाडी ३ गोल गरी ५–१ को विशाल अन्तरमा जीत दिलाए । खेलको म्यान अफ दि म्याच बारा ११ का विशाल खडका घोषित भए उनलाई आयोजककातर्फबाट केन्द्रीका चौधरीले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गरिनेछ । साथै शुक्रबार रेष्टका दिन महिला टिम चन्द्रपुर र गाईघाटबिच मैत्रिपुर्ण खेल हुनेछ । शनिबारको फाईनल खेल बारा ११ र मकवानपुर ११ हेटौँडा भिड्नेछन् ।
