हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०८१ असार २९, शनिबार ०९:२२

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, पुतलीबजारमा सवारी दुर्घटना हुँदा दुई घाइते भएका छन् ।

शुक्रबार राति रङ्गशाला तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते हुनेहरुमा ७१२६ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ बस्ने १९ वर्षीय सुगम दुलाल र ६३०९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ बस्ने १९ वर्षीय बिनायक दुलाल रहेका छन् ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनीहरुको अवस्था गम्भीर रहेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

दुबै मोटरसाइकल सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर दुर्घटनामा परेको हुन् सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।