वर्षाका कारण रुख ढल्दा हेटौंडामा एक घर भत्कियो

तु खबर संवाददाता
२०८१ असार २७, बिहीबार १८:४७
फोटोः जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।

मकवानपुर । मकवानपुरको हेटौंडामा वर्षाका कारण रुख ढल्दा एक घर भत्किएको छ ।

बिहीबार अविरल वर्षाका कारण रुख ढल्दा हेटौंडा–११, थानाभर्याङमा स्थानीय लक्ष्मी थिङको भत्किएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, थिङको ब्लक र जस्ता पाताले छाएको एक तले घर भत्किएको हो ।

वर्षाको कारण माटो भासिएर घर पछाडी रहेको शिरिषको रुख ढल्दा घर भत्किएको हो ।

ढलेको रुखले घरको एक भागमा क्षती पुर्याएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।