बसको ठक्करबाट एक जनाको मृत्यु, हेटौंडाका घर्ती पक्राउ
धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट गोदावरी–८ का नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो । मृतक चौधरी मोटरसाइकल पछाडी सवार थिए ।
यस्तै, बसको ठक्करबाट गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालक हेटौंडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
