मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ सामरी पुल नजिकै आज दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
दिउँसो १ः४० बजेको समयमा सामारीबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३ –००५ प ७७७९ नं. को मोटरसाइकलले ठक्कर दिँदा बाख्रा चराउँदै गरेका एक पैदलयात्री घाइते भएका हुन् ।
घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४, सामरी बस्ने अन्दाजी ६३ वर्षीय ठाकुर भुसाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नाउव उपरीक्षक भण्डारीका अनुसार, घाइते भुसाललाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । टाउको, हात र खुट्टामा चोट लागेको उनलाई थप उपचारको लागि दिउँसो २ः४० बजेको समयमा चितवनको पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
