नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

तु खबर संवाददाता
२०८१ असार ९, आईतवार ०९:४७

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले हात पारेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै परियारले २५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

नेपाल आइडल सिजन–५ मा पोखराकी सलोमी गुरूङ फस्ट रनरअप र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, थड रनरअप बनेका दार्जिलिङका मोहित भुजेलले स्कुटर प्राप्त गरेका छन् ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।