सडक किराना वृक्षारोपण कार्यक्रमको लागि ५ करोड ९४ लाख विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले सडक किराना वृक्षारोपण कार्यक्रम संचालन गर्न रु ५ करोड ९४ लाख विनियोजन गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
मन्त्री थपलियाले प्रदेशको प्रमुख सहरमा वातावराण स्वस्छता कार्यक्रमका लागि सडक किराना कार्यक्रम गर्न लागेको बताए ।
