हेटौंडामा निमार्णाधिन प्रादेशिक थोक बजारको लागि ४ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणधिन प्रादेशिक थोक बजारको लागि प्रदेश सरकारले रु ४ करोड विनियोजन गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिकरण गर्दै सो बारे जानकारी गराएका हुन् ।
मन्त्री थपलियाले हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निमार्णाधिन उक्त प्रादेशिक थोक बजार आगामी आर्थिक वर्षमा सम्पन्न गरी संचालनमा ल्याउन सो रकम विनियोजन गरेको बताए ।
साथै बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडामा रहेको बागमती धुलो दुध काराखानालाई आगामी आर्थिक वर्षदेखि प्रदेश सरकार, नीजि क्षेत्र तथा दुग्ध सहकारी संघको साझेदारीमा संचालन गर्ने व्यवस्थान मिलाइएको पनि उनले बताए ।
