कुवेतमा भएको आगलागीमा परेर पाँच नेपाली घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १०:१०

काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा भएको आगलागीमा परेर पाँच जना नेपाली घाइते भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार, कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जना सुरक्षित भएको र बाँकी तीन जना सामान्य रहेका छन् ।

आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै, दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दूतावसाले जनाएको छ ।

यसैगरी, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको दूतावासले जनाएको छ ।