कार दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुटवल । बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
