हेटौंडामा एक महिने बारिष्टा तालिम समापन

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार ०९:४५

मकवानपुर । मकवानपुरको हेटौंडामा एक महिने बारिष्टा तालिम समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाले युवाहरूलाई लक्षित गरि आयोजना गरेको उक्त तालिम मंगलबार समापन भएको हो ।

मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको संयोजकमा आयोजित उक्त तालिममा उपमहानपालिकाका ५० जनाले सहभागिता जनाएका थिए ।

समापन कार्यक्रम उक्त म्यानेजमेन्टका संचालक बिबेक दाहालको सभाध्यक्षता एमव् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा मेयर लामाले सीप सिकेकाहरु जहाँ गए पनि काम गरेर खान सक्ने र स्वदेशमा पनि राम्रो आयआर्जन गर्न सक्ने बताइन् । उनले सिप सिकिसक्यो पछि त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।

सो क्रममा प्रमुख अतिथि लामाले तालिम लिएकाहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइ्न् ।

कार्यक्रममा हेउमनपाका उद्योग तथा सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, आर्थिक विकास महाशाखा प्रमुख राजेस्वरी शाही, हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।