पिपरा गोल्डकपको सेमिफाईनलमा आज मकवानपुर भिड्ने, अन्तिम क्वाटरफाईनलमा बारा –११ को शान्दार जीत
-अनिल प्रित
कोल्हवी, १७ माघ । बाराको करैयामाई गाउँपालिकाको वडा नं. ७ मा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को सेमिफाईनल खेलमा आज बुधबार मकवानपुर ११, हेटौँडा र ए.पि.एफ रुद्रावाहीनी बिच हुने भएको छ । त्यस्तै क्वाटर फाईनलको अन्तिम खेलमा बारा –११ ले शुन्यका बिरुद्ध दुई गोलको शान्दार जीत हासिल गरेको छ ।
बारा ११ र आर्मी श्री चन्दननाथ गणबिच भएको खेलमा पहिलो हाफ सम्म कुनै पनि टिमले गोल गर्न सकेको थिएन । बारा ११ का चतुरी चौधरीले राम्रो पास निकालेका थिए तर गोल गर्न चुकेका थिए । दोश्रो हाफको खेलमा बारा ११ ले आर्मीलाई दबाममा राखेको थियो । दोश्रो हापकोे २६ औँ मिनेटमा जर्सी नं. १५ का गजेन्द्र चौधरीले १ गोल गरी बाराको लागि खाता खोले त्यस पछि ३७ मीनेट जाँदा बारा ११ कै बिवेक चौधरीले अर्को गोल गरी २–० को अन्तरमा जित निकाल्यो ।

तस्बिर–अनिल प्रित
खेलको म्यान अफ दि म्याच बिवेक चौधरी बारा ११ कै घोषित भए र उनलाई आयोजकका सदस्य सुरेश चौधरीले ट्रफी प्रदान गरेका थिए । साथै १९ गते रेष्टका दिन महिला टिम गाईघाट र चन्द्रपुर बिच हुनेछ । फाईनल खेल २० गते हुनेछ ।
