‘मिस्टर नेपाल २०२४’ को लागि आवेदन खुला
काठमाडौं । ‘मिस्टर नेपाल २०२४’ को लागि आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी गराएको हो ।
प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवाहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ ।
प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
आगामी असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ ।
