डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
डोटी । डोटीमा बुधबार बिहान जिप दुर्घ६ना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप बुडर नजिकै दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दार्चुलाबाट धनगढी आउँदै गरेको उक्त जिप डोटीमा दुर्घटना ३ वर्षीया रितिका सार्कीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु भएका अर्का एक जनाको भने सनाख हुन सकेको छैन ।
यस्तै, सोही दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरेर निसर्ग अस्पताल धनगढी लगिएको छ । उनीहरूको उपचार जारी रहेको घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
