बालज्योती आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
मकवानपुर । बालज्योती आधारभूत बिद्यालय मकवानपुरगढी गाउँपालिका–६ को १८ औं अभिभावक भेला सम्पन्न भएको छ ।
भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयनारायण घिमिरेको अध्यक्षता तथा श्रोत शिक्षक दाशरथी उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलामा प्रधानध्यापक गिता तिमल्सीनाले आर्थिक प्रतिवेदन र प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा शारदा माध्यमिक बिद्यालयका अध्यक्ष युवराज सापकोटा, जनएकता टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र हुमागाई, ६ नम्बर वडा सदस्य जितबहादुर घलान, विद्यालयका पूर्व अध्यक्ष लिलानाथ न्यौपाने, उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका व्यावस्थापक राजकुमार न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
साथै भेलामा विद्यालयका बिद्यार्थीलाई दलित छात्र र छात्राहरुलाई छात्रबृति रकम, विद्यालय पोसाक वितरण गरिएको थियो ।
