बागमती दुर्घटनामा परेर दुई सय ६१ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो १० महिनामा सवारी दुर्घटनामा परेर दुई सय ६१ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८०–०८१ को गत साउनदेखि बैशाख महिनासम्म प्रदेशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर उनीहरुको हो ।
सो अवधिमा प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त अवधिमा भएको दुर्घटनामा परेर दुई हजार पाँच सय ८६ जना घाइते भएका छन् ।
