नेपाल बुद्धिजीवी संगठन मकवानपुरको अध्यक्षमा भट्टराई

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १०:०२

मकवानपुर । नेकपा माओपादी केन्द्र पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको अध्यक्षमा दीर्घनारायण भट्टराई निर्वाचित भएका छन् ।

संगठनको सातौं जिल्ला सम्मेलनबाट भट्टराईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै, समितिको उपाध्यक्षमा अनुराधा उप्रेती र बुद्धि ढकाल, सचिवमा विदुरप्रसाद लामिछाने, सह–सचिवमा सूर्य तुम्सिङ्ग र कोषाध्यक्षमा श्रृजना पौडेल निर्वाचित भएका छन् ।

सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।