एसईईको नतिजा असार दोस्रो हप्ताभित्र प्रकाशित गर्ने तयारी

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १८:३६
file-photo

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र प्रकाशित गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईईको नतिजा प्रकाशितको तयारी गरेको हो ।

परीक्षक नियन्त्रण कार्यालयका अनुसार, हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको छ ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।