मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । गाडी चालक सिन्धुली घर भएका २६ वर्षीय सुशील दमाई ‘रोशन’ सहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा सुशील दमाई, सहचालक सिन्धुली घर भएका २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र धादिङ घर भएकी १८ वर्षीय पविता तोलाङ्गी रहेका छन् ।
उनीहरूको जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
