भीमफेदीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा बुधबार सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा कार चालक काठमाडौं चन्द्रागिरी नगरापलिका वडा नम्वर १, दहचोक बस्ने बर्ष ६१ को सानु परियार, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ बेलुवा बस्ने वर्ष २६ को अर्जुन नेपाली र मृतक अर्जुको ३ वर्षीया छोरी अर्जिता रहेका छन् ।
यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, बेलुवा बस्ने वर्ष २३ की सरिता परियार र चितवनको राप्ती नगरपालिका वडा नम्वर १, लोथर बस्ने वर्ष ३५ की सानोकान्छी तामाङ रहेका छन् ।
दुबै घाइतेको मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, उक्त कार सडकबाट करिब दुईसय ५० मिटर तल खसेको थियो ।
