काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ
काठमाडौं । आफ्नै काकाको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ ।
शारदा नगरपालिका–६ बरला बस्ने ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा उनकै भतिज डन राज विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका ३१ वर्षीय डनराजले कुटपिट गरेर काका घनश्यामको हत्या गरेका हुन् ।
गत जेठ ४ मा कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको कोहलपुर मेडिकल कलेजबाट उपचार पश्चात् घर फर्किदा बाटोमा नै मृत्यु भएको थियो ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरिरहेको जनाएको छ ।
