कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु
जनकपुरधाम । जनकपुरमा कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।
आज बिहान जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलर्ला ठक्कर दिँदा पत्रकार रोहिताको मृत्य् भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धनुषाको शहीदनगर नगरपालिका ८ निवासी उनको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । ३२ वर्षीय रोहिता जनकपुर अनलाइनमा कार्यरत थिए ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । यादव मृतक रोहिताका साथी हुन् ।
प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
