व्यवसायी र सरकारबिचको चोर पुलिसको जस्तो खेल बन्द हुनुपर्छ : वाणिज्यमन्त्री विश्वकर्मा

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार २०:४०
तस्बिर–राज सापकोटा

मकवानपुर १५ चितवन । उद्योग वाणिज्य संघ खैरहनी  चितवनको आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशन आज चितवनमा सम्पन्न भएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वाणिज्यमन्त्री मिनबहादुर बिकले सरकारले व्यवसायीहरुमाथी गर्ने दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्ने बताए  । साथै व्यवसायी र सरकाबिचमा जुन चोर पुलिसको जस्तो खेल भईरहेको छ त्यसको अन्त्य हुनु पनि आवश्यक रहेको उनको तर्क छ । विकले बैदेशिक व्यापारका कारण नेपालको व्यवसाय निर्वावमुखी रहेको बताउँदै सरकारले व्यवसायीको प्रर्वद्धन गर्न लाग्नुपर्ने उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले अस्थिर सरकारको कारण मुलुकको अर्थतन्त्रमा गिरावट आउनुको साथै व्यवसायीलाई पनि समस्या भएको बताए । साथै मुलुकमा दिगो राज्य संचालन हुनु आवश्यक रहेको उनको धारणा छ ।

खैरहनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष गुणराज श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्ट , सांसद सुरेन्द्र पाण्डे , प्रदेशसभा सदस्य दावा दोर्जे लामा , कृष्ण खनाल ,उद्योग संध चितवनका अध्यक्ष भेषराज दवाडी, उद्योग वाणिज्य संघ ३ नम्वर प्रदेश कोषाध्यक्ष ज्ञानबहादुर विश्वकर्मा ,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

साथै संघको आठौं अधिवेशन तथा निर्वाचनबाट चन्द्र प्रसाद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यसैगरी संघको आफ्नै भवन नभएको कारण भाडामा बस्दै आएको थियो । आज कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वाणिज्यमन्त्री मिनबहादुर विकले भवनको उद्घाटन् समेत गरेका छन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*