अनेरास्ववियु क्षेत्र नम्बर ४ आयोजक कमिटि निर्माण
मकवानपुर, १५ माघ । अनेरास्ववियू क्षेत्र नं ४ को आयोजक कमिटी निर्माण गरिएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा गोबिन्द बर्तौला संयोजक रहने गरि १९ सदस्यीय कमिटी निर्माण गरिएको हो । कार्यक्रममा क्षेत्र नं ४ का क्षेत्रीय इन्चार्ज अरुण बर्तौला र अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य महेन्द्र राना मगरको आतिथ्यता रहेको थियो ।
