बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २७, बिहीबार १५:५८
file photo

काठमाडौँ । ललितपुरमा बिहीबार बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया बालिका आर्या सन्जेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ललितपुरको गोदावरी नगरपालिका १० टाखेलमा बा ४ ख ७०४ नम्बरको सार्वजनिक बस रोक्ने क्रममा भुईँमा खसेर उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।