मकवानपुरमा सवारी दुर्घटना हुँदा भण्डारीको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार ०८:२९
file photo

मकवानपुर । मकवानपुरमा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ ठुलोचौरमा काठमाडौं सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोडरको सहचालक नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, चित्लाङ–थानकोट सडक मर्मतको काम गर्दै गरेको उक्त लोडर अनियन्त्रि भई पल्टिदा किचेर उनको मृत्यु भएको हो ।

लोडर र लोडर चालक ललितपुरको गोदावरी नगरपालिका–१२ बस्ने ५६ वर्षीय धर्म भक्त महर्जनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।