देशको ४३६ स्थानमा डढेलो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको जनाएको छ ।
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माका अनुसार, लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको हो ।
कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका देशको ५३ जिल्लाका विभिन्न स्थानमा डढेलो लागेको छ ।
मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनको भनाई छ ।
