आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ बैशाख २०, बिहीबार ०८:५०

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदैछ । आज विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने भएको हो ।

मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

सोही अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ ।

उक्त सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।