स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियान
मकवानपुर । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मकवानपुरले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियान सुरु गरेको छ ।
उक्त अभियान शनिबारबाट विश्वका १४० मुलुकमा सुरु भएको हो । अभियान अन्तरगत हेटौंडामा भएको क्षेत्रीय शुभारम्भ बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले गरेका हुन् ।
सो क्रममा आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव रहेको बताए । समाजमा हिजो एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको तर आज एक अर्कोलाई सिद्याउने प्रचलन बढेको उनले बताए ।
‘चाहे जुनसकै धर्म र आस्थाको कारण लडाइ भएको होस्, त्यसले नाश मात्रै गरेको छ, पृथ्वी बचाउनको लागि हर सबैमा एकले अर्कोलाई सम्मान गर्ने आदतको अनिवार्यता छ’ पुलामीले भने ।
कार्यक्रममा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार विजयराजले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकताबारे जानकारी गराएका थिए ।
आध्यात्मिक सशक्तिकरणले आत्मालाई सशक्त बनाउने, १४० राष्ट्रमा अभियान सुरु गरेको जनाइएको छ ।
