प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको लागि आवेदन माग

तु खबर संवाददाता
२०८१ बैशाख १५, शनिबार १०:३३

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको लागि आवेदन माग गरेकोे छ । शिक्षक सेवा आयोगले शनिबार चार हजार ४६२ शिक्षकका लागि आवेदन माग गरेको हो ।

आयोगले खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले बागमती प्रदेशमा १ हजार १०३, कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय, मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, सुदूरपश्चिममा ३ सय २ र कर्णालीमा १ सय ७७ जनाका लागि दरखास्त दिन भनिएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.rsc.sov.np/ बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।