धरौटीमा रिहा भए दिपेश पुन
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।
एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
तर, शुक्रबार भने रकम जम्मा गरेपछि उनी छुटेका हुन् ।
पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
