मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ०९:०८
file photo

गुल्मी । गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका–३ का २९ वर्षीय अनिलराज घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको जनाइएको छ ।