मकवानपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० सादिखोरियास्थित भित्रि सडकखण्डमा गएराति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर १० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, प्रदिप भलटारदेखि पुरानो गाँउतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्वरको ट्याक्टरको पछाडी टेलरमा सवार थिए । अचानक ट्याक्टरबाट लडेर पछाडीको चक्काले किचिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतक प्रदिपको शव कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका वडा नम्वर ९, बागमारा बस्ने ३३ वर्षीय बिरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
