सुमो दुर्घटना हुँदा १० जना घाइते
काभ्रे । काभ्रेको भुम्लुमा आज बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
पलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परेर ८ जना महिला र २ जना पुरुष घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको छ भने अन्य ७ को अवस्था मध्यम रहेको छ ।
सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको थियो ।
