बुधबार शेयर बजार झिनो अंकले वृद्धि
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ ।
आज नेप्से परिसूचक ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा कायम भएको हो ।
बुधबार शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे बनेका छन् ।
नेप्सेमा आज ३१३ कम्पनीहरुको ७२ लाख ८४ हजार २७२ वटा कित्ता शेयर खरिद–बिक्री भएको छ भने २ अर्ब ५३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
