चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा श्रेष्ठ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
चेम्बरका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् ।
परिषद्मा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरू रहेका छन् ।
