१६ नेपाल प्रहरीलाई ७ दिने सूचना
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १६ जना प्रहरी कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको हो । जारी सूचनामा विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको भन्दै सूचना निकालिएको उल्लेख छ ।
प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले जनाएको छ ।
कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर नभएमा सेवाबाट हटाउने जनाइएको छ ।
