हेटौंडामा मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएकी छन् ।
घाइते हुनेमा स्थानीय ७० वर्षीया मंगली माया स्याङतान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, सिमलटारबाट राप्तिड्याम तर्फ आउँदै गरको बागमती प्रदेश ०३– ००४ प ४३८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी हुन् ।
मोटरसाइकलको ठक्करबाट स्याङतानको दाँया हातमा चोट लागेको र उनको मोडल अस्पताल हेटौंडामा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटना पश्चात मोटरसाइकल चालक फरार रहेको र उनको प्रहरीले खोजीकार्य गरिरहेको छ ।
