गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो

काठमाडौं । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको उक्त तालमा हिमपहिरो खसेको हो ।
मपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।
साथै उनले बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् ।
यसअघि २०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ–साम्दो जोड्ने पुल बगेको थियो ।