जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहान दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबैको सनाखत हुन सकेको छैन ।
यस्तै, सोही दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएकाहरुलाई उद्दार गरि उपचारका लागि स्वास्थ्य संस्था लगिएको जनाइएको छ ।
