भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौं । सरकारले बिहीबारबाट देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्ने भएको छ ।
देशको ७५३ वटा पालिकाबाट भोलि वैशाखबाट राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
वैशाख ७ गते शुक्रबारसम्म संचालन हुने उक्त अभियान अन्तरगत ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।
यसैगरी, १ देखि ५ वर्ष उमेर सूमहका २९ लाखभन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने जनाइएको छ ।
स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।
