३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा
काठमाडौं । सरकारले ३४ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।
मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा उनीहरुलाई उपसचिवमा बढुवा गरेको जनाएको छ ।
मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । साथै उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।
