खुर्पा प्रहार गरी पुरुषको हत्या, तामाङ पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३, सोमबार १६:५३

नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ ठुलोचित्रेमा खुर्पा प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । स्थानीय बस्ने ३० वर्षीय मंगले तामाङको खुर्पा प्रहार गरी हत्या गरिएको हो ।

मंगलेको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

डम्बरबहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका डम्बरबहादुरमाथि प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।