राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विमला घिमिरे निर्वाचित भएकी छन् ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका घिमिरेलाई आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरेले पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय रहेको राष्ट्रिय सभा उपाध्यक्ष मतदान प्रकृयामा ५५ जना सहभागी थिए । तीमध्ये घिमिरेले ३९ मत प्राप्त गरेकी थिइन् ।
उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।
उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र प्राप्त गरेकी थिइन् ।