त्रिशूली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु
चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना–५, पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भने नखुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
उक्त ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
