२३ जना प्रहरी सम्पर्कविहीन

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार ०८:५६

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी सो बारे जानकारी गराएको हो ।

जारी सूचना अनुसार, चार जना असइ (प्रहरी सहायक निरीक्षक) सहित २३ जना सम्पर्कविहीन भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन जारी सूचनामा उल्लेख गरेको छ ।

साथै तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाहीको प्रकृया अघि बढाइने जनाइएको छ ।