अछाममा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
धनगढी । अछाममा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।
सो दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
