मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विक रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।
तीमध्ये अजय ठकुरीको अवस्था गम्भीर घाइते रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक कृष्णबहादुर विक भने नियनत्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।