एसईई परीक्षाका लागि सबै तयारी पूरा

तु खबर संवाददाता
२०८० चैत्र ७, बुधबार १७:५६
file-photo

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।

यस वर्षको एसईई परीक्षाका लागि परीक्षाका लागि बोर्डल देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

परीक्षा चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुनेछ । यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ ।

यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको अध्यक्ष डा. शर्माले बताए ।

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको र देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बोर्डले जनाएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइनछ ।